विपक्षी गठबन्धनको बैठक चलिरहँदा भीम रावल पुगे बालुवाटार

लोकपथ
5.2k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल एमालेको स्थायी कमिटी बैठकमा भाग लिन बालुवाटार पुगेका छन् ।

एमाले नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा विपक्षी गठबन्धनको बैठक चलिरहँदा भीम रावल भने स्थायी कमिटी बैठकमा भाग लिन बालुवाटार पुगेका हुन् ।

नेता रावल यसअधि विपक्षी दलको गठबन्धनमा जाने गरेका भएपनि कार्यदलको दश बुँदे सहमति भने उनी बालुवाटार बैठकमा सहभागी भएका हुन् ।

उता सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै परमादेश जारी गरेसँगै विपक्षी गठबन्धनको बैठक चलिरहेको छ ।

विपक्षी गठबन्धनको बैठकमा नेता नेपाल, शेरबहादुर देउवा पुष्पकमल दाहाल प्रचण्ड उपेन्द्र यादव, डा। बाबुराम भट्टराई नेता रघुजी पन्त, देउवा रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, कृष्ण बहादुर महरा, बर्षमान पुन, दुर्गा पौडेल, नारायण काजी श्रेष्ठ, देव गुरुङ सहभागी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?