काठमाडौं । विपक्षी गठबन्धनको बैठक शुरु भएको छ ।
एमाले नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा विपक्षी गठबन्धनको बैठक शुरु भएको शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले लोकपथलाई जानकारी दिए ।
विपक्षी गठबन्धनको बैठक पाँच बजे शुरु भएको हो ।
सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै परमादेश जारी गरेसँगै विपक्षी गठबन्धनको बैठक बसेको हो ।
विपक्षी गठबन्धनको बैठकमा नेता नेपाल, शेरबहादुर देउवा पुष्पकमल दाहाल ,उपेन्द्र यादव, बाबुराम भट्टराई रघुजी पन्त, रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, कृष्ण बहादुर महरा, बर्षमान पुन, दुर्गा पौडेल, नारायण काजी श्रेष्ठ, देव गुरुङ सहभागी भएका छन्।
गठबन्धनमा कांग्रेस, माओवादी, जसपा, एमालेको माधव नेपाल समूह र जनमोर्चा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया