काठमाडौं । सरकारले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।
असार २९ गते मंगलवारका लागि राष्ट्रिय सभा बैठक बोलाइएपनि आज राति १२ बजेबाट अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।
सोमवार अपरान्ह एक विज्ञप्ति जारी गर्दै संघीय संसदका महासचिव भरतराज गौतमले त्यसबारे जानकारी गराएका छन् ।
“मिति २०७८ असार २८ गते सोमवार बसेको राष्ट्रिय सभाको बैठकबाट २०७८ असार २० गते मंगलवार दिनको ३ बजे बस्नेगरि निर्धारण भएको राष्ट्रिय सभाको बैठक समेत स्वतः अन्त्य हुने भएकाले माननीय सदस्यहरुको जानकारीका लागि राष्ट्रिय सभा नियमावली २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धनात्मक वाक्यांश बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया