सर्वोच्च अदालतको फैसलाविरुद्ध जनकपुरमा टायरबालेर प्रदर्शन

लोकपथ
273
Shares

जनकपुरधाम । प्रदेश २ को स्थाय राजधानि जनकपुरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध केपी शर्मा ओलि निकटका युवासंघले प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतले सोमवार संसद पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशविरुद्ध जनकपुर स्थित पीडारीचोकमा नेकपा एमाले निकटका विद्यार्थीहरुले टायरबालेर प्रदर्शन गरि रहेका छन् ।

केपी ओली पक्षमा नारा लगाउँदै उनीहरुले टायर बालेर सर्वोच्चको फैसालाविरुद्ध प्रदर्शन गरेका हुन् ।

सर्वोच्चको फैसला पछि केहिबेर पश्चात सर्वोच्च अदालतले संसद पुनरस्थापना गरेको खबर लगतै निराश बनेका विद्यार्थी नेताहरु सडकमा टायरबालेर प्रदर्शन गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?