ओलीले बोलाए स्थायी कमिटी बैठक, एमालेका शीर्ष नेताहरु बालुवाटारमा

लोकपथ
6.9k
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै नेकपा एमालेका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् ।

सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै परमादेश जारी गरेसँगै अ‍ोली पक्षका नेताहरु बालुवाटार पुगेका हुन् ।

अदालतको फैसला लगत्तै नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, खगराज अधिकारीलगायत नेताहरु बालुवाटार पुगेका छन् ।

अध्यक्ष ओलीले साँझ ५ बजे पार्टी स्थायी कमिटी बैठक समेत बालुवाटारमै  बोलाएका एमाले कार्यलयका सचिव शेर वाहादुर तामाङले लोकपथलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?