काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सर्वोच्च अदालतले संविधानको व्याख्या गर्दै त्यसको रक्षा गरेको बताएका छन् ।
प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको र त्यसलाई अदालतले उल्ट्याउँदै संविधानको रक्षा गरेको बताए ।
सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमा लेख्दै नेता थापाले अदालतको आदेश मन नपराउन पाइए पनि अस्वीकार गर्न नपाइने जिकिर गरेका छन् ।
“प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।” सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन् ।
साथै सर्वोच्चको फैसलाको कार्यान्वयनमा कसैले पनि बाधा पुर्याउन नहुने बताए ।
“उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भिरबाट खस्नेलाई रामराम।” उनले भने ।
प्रतिनिधिसभा विघटन असंवैधानिक थियो,सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।अदालतको आदेश मनपरेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशागराैं।नत्र भिरबाट खस्नेलाई रामराम
— Gagan Thapa (@thapagk) July 12, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया