माइतीघरबाट महेश बस्नेतको आक्रोश : ‘सर्वोच्चलाई घाँस खुवाएर फैसला ल्याइयो’

लोकपथ
546
Shares

काठमाडौं । एमाले सांसद महेश बस्नेतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध चरम असन्तुष्टि जनाएका छन् ।

प्रतिनिनिधि पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयपछि विरोधमा उत्रिएका सांसद बस्नेतले सर्वोच्चलाई घाँस खुवाएर फैसला ल्याएको प्रतिक्रिया जनाएका छन् ।
त्यस्तै उनले प्रधानमन्त्री चयन गर्ने अधिकार सर्वोच्चलाई नभएको समेत जिकिर गरेका छन् ।

“सर्वोच्चलाई घाँस खुवाएर फैसला ल्याए । प्रधानमन्त्री चयन गर्ने अधिकार सर्वोच्चलाई छैन ।” सर्वोच्चको निर्णयविरुद्ध माइतीघरमा पुगेका बस्नेतले भने ।

त्यस्तै बहुमतको आधारमा अब राष्ट्रले नै निर्णय गर्ने टिप्पणी गरेका छन् । साथै सर्वोच्चको फैसला नमान्ने र देश द्वन्द्धमा गएको समेत दाबी गरेका छन् ।

“बहुमत कसको भन्ने निर्णय रास्ट्र्ले गर्ने हो । सर्वोच्चले आज आफूलाई कुनै पार्टीको घोषणा गर्न खोजेको हो ? फैसलालाई कुनै हालतमा स्विकार्दैनौ, मुलुक अब द्वन्द्वमा गयो ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?