काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको एक घण्टा नबित्दै एमाले निकटको युवा संघ सडकमा उत्रेको छ ।
युवा संघका नेता कार्यकर्ता मुखमा कालो मास्क र टाउकोमा रातो कपडा बाँधेर अदालतको विरोधमा सडकमा आएको हो ।

राजधानीको माइतीघरमा भेला भएका युवासंघका नेता कार्यकर्ताले अदालतको फैसलाको विरोध केपी ओलीको पक्षमा नाराबाजी गरेका थिए ।
प्रदर्शनमा “अदालतको सबै फैसला मानिंदैन” भन्दै अहिले चर्को नाराबाजी गरेका छन् ।
माइतीघरमा भेला हुनका लागि एमाले नेता महेश बस्नेतलगायतले सार्वजनिक आह्वानसमेत गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया