काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्याकमा ल्याएको प्रतिक्रिया जनाएका छन् ।
आज सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा पुर्स्थापना गरेसँगै प्रवक्ता शर्माले राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्चिएको जिकिर गरे ।
साथै सरकार निर्माण भन्दा पनि इतिहास निर्माणको अवसरका रुपमा उपयोग गर्ने समेत बताए ।
‘रास्ट्रपति र प्रधानमन्त्रीको आवेगपुर्ण कदम सच्याउंदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला । लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम । केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको कांधमा ।’ उनले भनेका छन् ।
रास्ट्रपति र प्रधानमन्त्रीको आवेगपुर्ण कदम सच्याउंदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला ! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम l
केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको कांधमा l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 12, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया