काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाले विधान र लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।
सोमवार सर्वोच्च अदालतको फैसलापछि प्रवक्ता श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिएका हुन् ।
“सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपुर्ण योगदान पुर्याएको छ । यसको हामी स्वागत गर्दछौं ।प्रतिगमनको बिरुध्द संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु ,नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।” प्रवक्ता श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै परमादेश जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया