दोस्रो पटक संसद पुनर्स्थापना : देउवा प्रधानमन्त्रीदेखि नेपाल पक्षलाई ह्वीप नलाग्नेसम्म आदेश (पूर्णपाठ)

लोकपथ
161
Shares

काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासले सोमवार पुनः प्रतिनिधि सभा पुर्स्थापना गरेको छ ।

आज प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा अन्तिम सुनुवाइ गर्दै संवैधानिक इजलासले विपक्षी गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसम्मको परमादेश जारी गरेको छ ।

त्यस्तै संविधानको धारा ७६(५) बमोजिम सरकार गठनका लागि दलीय ह्वीप नलाग्ने बताएको छ ।

गत जेठ ७ गते मध्यराती मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनलाई अनुमोदन गरेकी थिइन् । त्यसको विरुद्ध परेको रिटमा असार २१ गते सबै बहस सकिएको थियो ।

साथै यसअघि गत पुस ५ गते भएको प्रतिनिधि सभा विघटन सर्वोच्चले फागुन ११ गते उल्ट्याइदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?