सर्वसत्तावाद पराजित र विधिको शासनको जित भयो : नेता सिंह

लोकपथ
434
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्चको फैसलाले फेरि विधिको शासनको जित भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता सिंहले आज प्रतिनिधि सभा विघटन बदर भएसँगै फेरि विधिको शासनको जित भएको बताएका हुन् । साथै सर्वसत्तावादको पराजित र जनताको जित भएको बताए ।

“आज फेरि विधिको शासनको जित भएको छ । अधिनायकवाद विरुद्ध नेपाली जनताको जित भएकोछ । सर्बसत्ता बाद पराजित भएको छ ।” सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन् ।

गते जेठ ७ गते राति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई अनुमोदन गरेकी थिइन् । त्यसको विरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा परेको रिटमा आज आज सुनुवाइ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?