सर्वोच्चको फैसलाविरुद्ध माइतीघरमा उत्रिन कार्यकर्तालाई महेश बस्नेतको आह्वान

लोकपथ
623
Shares

काठमाडौं । एमाले ओली पक्षका सांसद महेश बस्नेतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

प्रतिनिधि सभा पुनर्स्थापना भएपश्चात सामाजिक सञ्जालमा लेख्दै बस्नेतले माइतीघर मण्डलामा विरोधका लागि आउन आह्वान गरेका छन् ।

जो जहाँ भएपनि त्यहिबाट नै आन्दोनलमा सरिक हुन उनले आह्वान गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्- “तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंबैधानिक फैसलाक बिरुद्ध बिरोध जनाउ। आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलिय शाषण ब्यब्स्थाको पुन बिजारोपन भएको दिन। ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्वानयन गर्ने असंभब छ। युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदशन गर्दैछ। जो जहाँ छौ सहभागी बनौ। देश भर बिरोध प्रदशन गरौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?