सर्वोच्चको संवैधानिक इजलास : प्रधानन्यायाधीशसँग ४ न्यायाधीश छलफलमा

लोकपथ
784
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको फैसला गर्नुअघि प्रधानन्यायाधीशसँग चारजना न्यायाधीश छलफलमा जुटेका छन् ।

संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई प्रधान न्यायाधीशको चेम्बरमा छलफल गरिरहेका छन् ।

छलफलपछि संवैधानिक इजलास बस्ने बताइएको छ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

छलफलपछि सोमवार (आज) नै फैसला आउने अपेक्षा गरिएको छ ।

गत जेठ ७ गते राति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनलाई सदर गरेकी थिइन् । त्यसको विरुद्ध परेको ३० वटा रिटमा गत असार २१ गतेबाट बहस सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?