काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।
आइतवार राति एमाले एकताका लागि कार्यदलले १० बुँदे सहमती गरेसँगै बैठक बोलाइएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
पार्टीलाई पूर्ववत रुपमा फर्किएको भन्दै एमालेको सबै पक्षलाई समेटेर बैठक बोलाइएपनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने उपस्थित नहुने बताइएको छ ।
नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक बसेर १० बुँदे सहमती गरेर मात्रै सहमती गर्ने बताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया