एमाले कार्यदल बैठक : आइतवार सुखद परिणाम निस्किने नेताहरुको दाबी

लोकपथ
147
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकताको घोषणा आइतवार हुने भएको छ ।

शनिवार सिंहदरवारमा बसेको एमाले कार्यदलको बैठकपछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै कार्यदल सदस्यहरुले एमाले विवाद समाधानको अन्तिम विन्दुमा पुगेको र केही प्राविधिक कुरामात्रै मिलाउन बाँकी रहेको भन्दै आइतवार पार्टी एक भएको घोषणा गरिने दाबी गरेका छन् ।

सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ कार्यदल सदस्य सुवाशचन्द्र नेम्वाङले आइतवार बिहान ८ बजे सुखद समाचार सुन्न पाईने बताए ।

त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि आइतवार नै परिणाम निस्किने दाबी गरे ।

सोमवारदेखि कार्यदलको बैठक निरन्तर बसिरहेको छ । आजको बैठकमा भने दुवै पक्षले आ – आफ्नो अडानलाई त्यागेर सहमतीको बिन्दुमा आएको जनाएका छन् ।

भोली आइतवार विवाद समाधान भएको घोषणा गर्ने तयारी गरिएको गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?