काठमाडौं । नेकपा एमाले विवाद समाधानका लागि पूर्वगठित कार्यदलको बैठक बसेको छ ।
विवाद समाधानको लागि केहि बेरअघि सिंहदरवारमा कार्यदलका १० जना सदस्यहरुको बैठक शुरु भएको हो ।
बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ४ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५ जना नेताहरु उपस्थित रहेका छन् ।
ओली पक्षबाट मन्त्री समेत रहेका कार्यदल सदस्य विष्णुप्रसाद पौडेल भने अनुपस्थित रहेका छन् । नियमित मन्त्रिपरिषद् बैठक भएकाले पौडेल भने अनुपस्थित रहेका हुन् ।
एमाले विवाद चरमोत्कर्षमा पुगेका बेला गत जेठ २ गते कार्यदल गठन भएको थियो । साथै जेठ ७ गते यता बैठक बस्न सकेको छैन ।
कार्यदलमा ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल रहेका छन् । भने नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया