इजलासमा पाठकको जिकिर : ‘७६(५) बमोजिम स्वतन्त्र सांसद समेत प्रधानमन्त्री बन्न पाउँछन्’

लोकपथ
560
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा एमिकस क्यूरी (अदालतको सहयोगी) को बहस शुरु भएको छ ।

आज विपक्षीको जवाफी बहस सकिएसँगै एमिकस क्यूरीको तर्फबाट शुरुमा बहस गर्दै वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले संविधानको धारा ७६(५) स्वतन्त्र रहेको जिकिर गरेकी छिन् ।

विघटन मुद्दामा नेपाल बारबाट एमिकस क्यूरीको लागि चयन भएकी वरिष्ठ अधिवक्ता पाठकले धारा ७६(५) लाई व्याख्या गर्दै सो कुरा बताएकी हुन् ।

“संविधानको धारा ७६(५) आफैँ स्वतन्त्र धारा हो । उपधारा (२) भनेको दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बन्ने व्यवस्था हो त्यो उपधारा पटक-पटक प्रयोग हुन्छ तर (५) चाँही एकपटक मात्र प्रयोग गर्न मिल्छ । ” वरिष्ठ अधिवक्ता पाठकले भनिन् ।

त्यस्तै उक्त धाराले संसदमा स्वतन्त्र हैसियतमा रहेका सांसदहरुलाई अन्तिम विकल्प स्वरुप अवसर दिएको पाठकको दाबी रहेको छ । “त्यो अवसर ७६(५) ले दिएको छ । दलीय शासन प्रणालीले दलविरुद्ध जान दिँदैन तर, संसदमा १ सिट पाएर स्वतन्त्र हैसियतका सदस्य जो छन्, उहाँहरुले पनि अरु दलको समर्थनमा प्रधानमन्त्री बनाउन पाउँछन् ।”

त्यसैगरी जनादेशका लागि देश निर्वाचनमा जानु पर्ने भएपनि त्यसअघि सबै नागरिकहरुलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने तर्क व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?