वरिष्ठ अधिवक्ता खरेलको जिकिर : ‘राष्ट्रपति संविधानको रक्षक बन्नबाट चुक्नुभयो’

लोकपथ
161
Shares

काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो जिम्मेवारीबाट भागेको जिकिर गरेका छन् ।

आज सभामुख अग्निप्रसाद सापकोटाको पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता खरेलले राष्ट्रपतिको काम, कर्तव्य अधिकार हेरे पनि त्यो कुरा पुष्टि हुने दाबी गरे ।

बहस गर्दैै उनले भने-“राष्ट्रपति आफ्नो जिम्मेवारीबाट भाग्नुभयो । कर्तव्यच्युत हुनुभयो । हुनुभयो कि भएन भन्दा उहाँको काम, कर्तव्य र अधिकार हेर्दा पुष्टि हुन्छ” ।

त्यस्तै राष्ट्रपतिले स्वयमले संविधानको पालना नगरेको बताउँदै उनले संविधानतः काम गरेको भए प्रधानमन्त्री केपी शर्मा ओलीको पद जाने समेत दाबी गरे ।

“एमाले सांसदलाई देउवालाई सहयोग गरे, ओलीले दल त्याग ऐन आकर्षित हुन्छ भन्नुभयो । त्यो ऐन कहाँ कार्यान्वयन हुन्छ, कार्यान्वयनको कार्यविधि के हो त्यो ध्यान दिनुभएन, ओलीको पत्रलाई न कानून मानिदिनुभयो । ”उनले बहसका क्रममा भने( “ तर उहाँले त्यसलाई आधार मानेर दाबी अस्वीकार मात्र गर्नुभएन, संसद नै विघटन गरिदिनुभयो । उहाँले संविधानको रक्षक र पालकको जिम्मेवारी बहन गर्न चुक्नुभयो ।”

प्रतिनिधि सभा विघटनको मुद्दामा आजबाट सभामुख पक्षको बहस सकिएको छ । आज सभामुख पक्षका ५ कानून व्यवसायीहरुले बहस गरेका छन् । त्यस्तै अब रिट निवेदकका तर्फबाट बहस शुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?