बालुवाटारमा एमालेको केन्द्रीय कमिटी बैठक शुरु, गएनन् नेपाल पक्ष

लोकपथ
161
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक शुरु भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक केहि समयअघि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो ।

पार्टीलाई २०७५ जेठ २ मा फर्काउने निर्णयसँगै आजको लागि केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । तर आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नजाने निर्णय गरेको छ । बिहीवार स्थायी कमिटी बैठक बसेरै उक्त बैठकमा नजाने निर्णय गरेको हो ।

यता उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी भएका छन् । बैठक बालुवाटारमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?