काठमाडौं । पछिल्लो समय सामाजिक सुरक्षा कोषमा जाने विषयमा कोष र बैंकको विवाद चुलिएको छ ।
कोषले बैंक तथा वित्तीय संस्थाहरुलाई यहि असार मसान्तभित्रमा कोषमा अनिवार्य रुपमा आवद्ध हुन आग्रह गरिरहेको थियो । तर बैंकहरुले भने विभिन्न माग राख्दै कोषमा आवद्ध हुन आनाकानी गर्दै आएकाले विवाद चुलिएको हो । बैंकहरु मात्रै होइन बीमा कम्पनीहरुले पनि कोषमा जान विभिन्न माग राखेका छन् । बैंक तथा बीमा कम्पनीहरुले यस संबनधमा संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै विभिन्न १५ बुँदे माग राखेका छन् ।
सो विज्ञप्तीमा कोषको विद्यमान व्यवस्था संबिधान अनुसार श्रम मैत्री बनाउनुपर्ने,सरकारी कर्मचारीहरुलाई झैँ समान व्यवहार गर्नुपर्ने तथा ऐनमा नै खाईपाई आएको सेवा सुविधामा कटौती गर्न नपाइने लगायतका माग राखेका छन् । यी माग पूरा नभए आन्दोदन गर्ने चेतावनी दिएका छन् ।
सो संयुक्त विज्ञप्तिमा २९ बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया