घरको मिटर जोड्ने क्रममा करेन्ट लाग्दा मृत्यु

RSS
49
Shares

काठमाडौं ।सिराहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमवार साँझ १२ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि सप्तऋषि अस्पताल लाहान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै आफ्नो घरको मिटरको तार जोड्ने क्रममा विधुतीय सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लाहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?