काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ ।
देशभर गइरहेको बाढी पहिरो, वर्तमान राजनीति परिस्थिती र वरिष्ठ नेता झलनाथ खनाललाई स्वास्थ्य लाभको कामना गर्नका लागि नेपाल पक्षले बैठक बोलाएको हो ।
भर्चुअल माध्यमबाट हुने बैठक केहिबेरमा शुरु हुने स्रोतले जनाएको छ ।
पार्टी विवाद चर्किएका बेला नेपाल पक्षले विभिन्न समयमा भर्चुअल माध्यमबाट त्यसको समिक्षा गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया