गण्डकीमा नयाँ सरकारले ल्याएको बजेट : ३० अर्ब ३ करोड ९४ लाख, कुन क्षेत्र प्राथमिकतामा ? (पूर्णपाठ)

लोकपथ
308
Shares

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट ल्याएकोे छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट सार्वजनिक गरेका हुन् । सरकारले चालू तर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६ लाख र वित्तिय व्यवस्थापन तर्फ २४ करोड बजेट छुट्याएको छ । प्रदेश सरकारले बजेटमा स्वास्थ्य कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।

प्रदेशका प्रत्येक जिल्ला अस्पतालहरुमा २ देखि ५ शैयाको सघन उपचार कक्ष स्थापना हुने र आँखा, डायलाइसिस, ज्येष्ठ नागरिक वार्ड लगायतका पूर्वाधार निर्माण गर्ने बजेटमा उललेख छ । त्यस्तै,नवलपुरको मध्य विन्दू अस्पताल, तनहुँको दमौली अस्पताल, बागलुङको धौलागिरि अस्पताल, पर्वतको भीरकोट अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गरिनुका साथै गोरखाको आँपपिपल अस्पताललाई ५० शैयाको बनाइने बजेटमा उल्लेख छ ।

त्यस्तै,वित्तिय समानीकरण अनुदानमा स्थानीय तहलाई १ अर्ब १० करोड रुपैयाँ, प्रदेश र स्थानीय तहको साझेदारीका लागि प्रत्येक पालिकालाई १ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै,प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने र कोरोनाबाट अभिभावक गुमाएका असहाय बालबालिकाका लागि मासिक ५ हजारका दरले उपलब्ध बजेटले उललेख गरेको छ । त्यस्तै,गण्डकी विश्वविद्यालयमा ३५० शैयाको जनरल, ५० शैयाको मुटु रोग, ५० शैयाको अर्बुद र ५० शैयाको मिर्गौला रोग अस्पतालको निर्माण गरिने बजेटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?