संवैधानिक इजलासबाट न्यायाधीशद्वय भट्टराई र कार्की नबाहिरिने, सर्वोच्चमा सुनुवाइ शुरु

लोकपथ
77
Shares

काठमाडौं । आइतवार ‘हेर्दाहेर्दै‘मा राखिएको प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

आजको लागि पेशी तोकिएपनि सरकारी पक्षले दुई न्याायाधीशमाथि प्रश्न उठाएपनि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र दीपककुमार कार्की संवैधानिक इजलासबाट नहट्ने भएका छन् ।

आजको इजलास शुरु हुने बित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतवार गठन भएकै संवैधानिक इजलासलाई निरन्तरता दिने बताएका छन् ।

सरकारी पक्षले प्रश्न उठाएपछि भट्टराई र कार्की बस्ने वा नबस्ने भन्ने विषयमा राय लिइएको थियो । न्यायाधीशद्वय नबाहिरने भएसँगै सर्वोच्चमा सुनुवाई शरु भएको छ ।

त्यस्तै सोमवार र मंगलवार बस्न नसकेको संवैधानिक इजलासको सुनुवाइ आजको लागि तोकिएको हो ।

आइतवारको सुनुवाइको क्रममा सुनुवाइका लागि गठित संवैधानिक इजलासका न्यायाधीशहरुमाथि सरकारी पक्षले प्रश्न उठाएका थिए । यसअघि पनि गठित संवैधानिक इजलासमा समेत प्रश्न उठेपछि नयाँ संवैधानिक इजलास गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?