काठमाडौं । सांसद बिन्दिया कार्कीका छोरा रवीन कार्कीविरुद्ध प्रहरीले सवारी ज्यान मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान शुरू गरेको छ।
विराटनगरमा एक जनाको ज्यान लिने गरी भएको कार दुर्घटनाका आरोपी रवीन कार्कीविरुद्ध प्रहरीले सवारी ज्यान मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान शुरू गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मान बाहादुर राईले जानकारी दिए ।
उनले विराटनगर–५ स्थित होटल एडमायरमा मदिरा सेवन गरेर कार चलाएपछि दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
रवीनले गत जेठ २० गते बिहीवार प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई पैदलयात्रीलाई ठक्कर दिएका थिए । कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ बर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया