माओवादी केन्द्रद्वारा सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

लोकपथ
84
Shares

काठमाडौं । नेकपा(माओवादी) केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड-१९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत् सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन् ।

No description available.

सो स्वास्थ्य सामग्रीहरु चीन , माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग-संगठनबाट प्राप्त भएको जनाइएको छ । सामग्रीहरु एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजीन, थर्मल गन। अक्सिमिटर, खालि अक्सिजन सिलिण्डर र भरेको अक्सिजन सिलिण्डर, पिपिइ सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर, फेस सिल, केएन ९५ मास्क रहेका छन् ।

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?