काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना कहरबाट नेपाली जनतालाई बचाउने आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
सोमवार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तामाङले नागरिकको जीवन रक्षा आफ्नो मुख्य प्राथमिकता रहेको बताएका हुन् ।
कोरोना भाइरससँग लड्न खोपको व्यवस्थापन सबैभन्दा पहिलो कुरा रहेको मन्त्री तामाङले बताए । ‘आमनागरिकलाई खोपको सुनिश्चितता गर्न बजेट छुट्याएरै खोपको व्यवस्थापनको तयारीमा लागेका छौं,’ उनले भने, ‘खोप प्राप्त नहुँदासम्म सुरक्षित बसिदिनुहोला, सुरक्षाका मापदण्ड अपनाइदिन आग्रह गर्दछु । हामी खोपको व्यवस्था मिलाउँदैछौं ।’
धेरैभन्दा धेरै नागरिकको कोरोना जाँच गरेर अन्य नागरिकतालाई संक्रमण नहोस् भन्नेमा सरकारको प्रत्यक्ष संलग्नता रहने मन्त्री तामाङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया