डिप्रेसन भएको व्यक्तिलाई कसरी उपचार गर्ने (भिडियो सहित)

लोकपथ
11.6k
Shares

‘साइलेन्ट किलर’ पनि भनिने डिप्रेसन अहिले युवा पुस्तामा अत्यधिक देखिन थालेको विभिन्न सर्भेक्षणहरुले देखाउने गरेको छ ।

युवा पुस्तामा बढेको बेरोजगारी, सोचे अनुसारको सफलता नपाउनु, घरायसी कलह, विभिन्न किसिमका लागू पदार्थको सेवन जस्ता विभिन्न कुराले डिप्रेसन बढाउने गरेको मनो चिकित्सक बत्ताउँछन् । अहिले कोरोना सङ्क्रमण बढ्दै गएपछि कोरोना सर्छ कि ? यसले मलाई पनि मार्छ कि ? भन्ने जस्ता विभिन्न किसिमका डरहरू बढ्न थालेपछि डिप्रेसनका बिमारीहरूको सङ्ख्या झनै बढ्दै गएको छ ।

डिप्रेसनमा पुगेका व्यक्तिहरूले अन्तिम विकल्पको रूपमा आत्महत्या समेत अङ्गाल्ने हुनाले पनि उनीहरूलाई प्रारम्भिक चरणमै उपचारमा संलग्न गर्न सकेमा उनीहरूलाई बचाउन सकिने मनो चिकित्सकहरू बत्ताउँछन् । घरका कुनै व्यक्तिलाई डिप्रेसन भएको घरका अरू सदस्यहरूले उसको हौसला बढाउने देखि उपचारमा संलग्न गर्न सकेमा उनीहरूलाई सामान्य अवस्थामा फर्काउन सकिने चिकित्सकहरू बत्ताउँछन् ।

डिप्रेसन किन हुन्छ ? डिप्रेसन भएमा के के गर्ने ? डिप्रेसनका बिमारीहरूलाई सामान्य अवस्थामा फर्काउन के के गर्नु पर्छ भन्ने विषयमा नेपाल मेडिकल कलेजको आवासीय चिकित्सक डा. अज्वनी रिमालले दिनु भएको जानकारीको भिडियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?