काठमाडौं – केहिबेरअघि नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका छन् ।
नेता नेपाललाई उनकै निवास कोटेश्वरमा भेटेलगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका हुन् । नेताहरुबीच के विषयमा कुराकानी भयो भन्ने नखुलाइए तापनि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो जारी गरेको ‘एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने’ घोषणापछि नेताहरुबीच दौडधुप बढेको छ । यसबाहेक पछिल्लो समसामयिक राजनीति र सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दाबारे छलफल भएको स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया