काठमाडौं – गोरखाकी गंगामाया अधिकारीले आफ्नो छोराको न्यायका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छिन् ।
तत्कालिन माओवादीबाट हत्या भएका आफ्नो छोराको १७ वर्षसम्म पनि न्याय नपाएको भन्दै एक अपिल जारी गर्दै अधिकारीले राष्ट्रिय अन्तराष्ट्रिय समुदायसँग न्यायका लागि आग्रह गरेकी हुन् ।
हत्यामा संलग्न विरुद्ध मुद्दा दायर गरिएको भनिएतापनि अहिले ती सबैले सफाइ पाइसकेको जानकारी पाएकाले दोषीलाई खोजी कानुनी दायरमा ल्याउन उनको अनुरोध छ ।
१७ वर्षअघि अधिकारीका छोरा कृष्ण प्रसाद अधिकारीलाई तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले आजकै दिन चितवनमा हत्या गरेका थिए ।छोराको हत्यारा पत्ता लगाउन भन्दै २०६८ देखि गंगामाया र उनका श्रीमान् आमरण अनशनमा बसेकै बखत गंगामायाको श्रीमान नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते मृत्यु भएको थियो।
त्यसयता गंगामाया एक्लैले छोराको न्यायका लागि सबैसँग अनुनय गरिरहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया