काठमाडौं – कर्णाली प्रदेशमा नियुक्त भएका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले कोरोना खोपका लागि एक करोड ६० लाख बजेट विनियोजन गर्ने निर्णय गरेका छन् ।
पदभार ग्रहण गरेसँगै सामाजिक विकासमन्त्री बुढाले कोरोना भाइरसको महामारीको समयमा पहिलो महत्वपूर्ण निर्णयका रुपमा कर्णालीका सबै जिल्लामा खोप उपलब्ध गराउन बजेट विनियोजन गरेका हुन् । कोरोना खोप लगाउने जनसंख्याका आधारमा कर्णालीका सबै जिल्लामा बजेट विनियोजन गरिएको उनको भनाई छ।
रुकुम पश्चिममा १६ लाख ३९ हजार, सल्यानमा १७ लाख ४३ हजार १२५, सुर्खेतमा २६ लाख २७ हजार ६२५, दैलेखमा १९ लाख ५२ हजार ५००, जाजरकोटमा १६ लाख ९६ हजार ८०० र डोल्पामा १४ लाख ३५ हजार ५०० रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, जुम्लाका लागि १२ लाख ८६ हजार, कालिकोटका लागि १६ लाख ३६ हजार ५००, मुगुका लागि ९ लाख ७३ हजार १९० र हुम्लाको लागि १० लाख ५३ हजार १९० रुपैयाँ विनियोजन गरिएको मन्त्री बुढाक्षेत्रीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया