एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने ओलीको घोषणा

लोकपथ
238
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् ।

ओलीले ६ बुँदे प्रस्ताव सहितको आह्वान गर्दै भनेका छन, ‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ । नेकपाको केन्द्रीय कमिटिका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशिल हुनेछन् ।’

माधव नेपाल पक्षका तत्कालीन सांसदहरुले संसद पुन:स्थापना तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि आदेश जारी हुनुपर्ने मागदाबीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त पनि ओलीले अगाडि सारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?