काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको माग र मुद्दा सम्बोधन गरेपछि आफूहरु सरकारमा सहभागी भएको बताएका छन् ।
ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल पार्नका निम्ति आफू लाग्ने उनले बताए ।
आइतवार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री भण्डारीले भने, ‘जसपा र नेकपा(एमाले)को सहकार्यमा बनेको छ सरकार । हामी सहकार्य गर्न आएका छौँ । हामीले मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई हामी मित्र शक्ति मान्छौँ र त्यसैको आधारमा सहकार्य गर्छौ भनेका थियौं, आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाई सम्बोधन गरेकाले हामीलाई सहकार्य गर्न बाटो खुलेको छ र आज हामी सहकार्य गर्न आएका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया