काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारको उपप्रधानमन्त्री सहित सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालेका राजेन्द्र महतोले नेपाललाई एकल राज्य नभइ बहुल राज्य हुन आवश्यक रहेको दोहोर्याएका छन्।
शुक्रवार पदभार ग्रहण गरेपश्चात उक्त अभिव्यक्ति दिँदै विवादित बनेका महतोले आज पुनः नेपाललाई बहुल राज्य बनाउन आवश्यक रहेको बताए ।
जसपाको कार्यालय बालकुमारीमा स्वागत कार्यक्रममा बोल्दै मन्त्री महतोले एक राज्यको कारण नेपालका धेरै समुदाय पछि परेको बताउँदै बहुल राज्यको अवधारणा अघि सार्नुपर्ने बताए । त्यस्तै ओली नेतृत्वको सरकारमा सामेल भएका अन्य मन्त्रीहरुलाई पार्टीको नीतिलाई मुख्य ध्यानमा राख्दै काम गर्न समेत निर्देशन दिए ।
त्यसैगरी जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई जसरी पनि छुटाएर छाड्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
महतोको उक्त भनाइको विपक्षी दल मात्रै नभइ नेकपा एमाकै कतिपय नेताहरुले त्यसको विरोध गरेका छन् । शुक्रवार राति नै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले नेता योगेश भट्टराईले त महतोको उक्त कुराले राम्रो संकेत नगरेको बताएका थिए । भने आज सामाजिक सञ्जालमा लेख्दै एमाले नेता वामदेव गौतमले उपप्रधानमन्त्रीको कुराले आफू दुखित भएको बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया