काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिमण्डल पुर्नगठन गरे लगत्तै नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण समेत गरेका छन् ।
केहिबेर अघि मात्रै उपप्रधानमन्त्रीसहितका नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले लोकपथलाई जानकारी दिए । यद्यपी त्यसको पत्रभने केहि बेरमा सार्वजनिक गर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा समावेश गराएका छन् । नेकपा (माओवादी केन्द्र)ले सरकारको समर्थन फिर्ता लिएसँगै रिक्त रहेको मन्त्रालयमा जनता समाजवादी पार्टीका नेताहरुलाई जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री ओलीले अन्य मन्त्रालयको जिम्मेवारी समेत फेरेका छन् । पुरानो मन्त्रिमण्डलमा रहेका एमालेका ४ मन्त्रीहरु बाहेक अन्य ३ मन्त्रीहरुको समेत जिम्मेवारी खोसिएको छ ।
त्यस्तै रिक्त रहेका रक्षा, गृह, सञ्चार, पर्यटन, कृषी, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले आफैसँग राखेका छन् भने विष्णु पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । प्रदिपकुमार ज्ञवालीलाई हटाउँदै रघुवीर महासेठलाई उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन् । जसपाबाट सरकारमा सामेल भएका राजेन्द्र महतोले उप्रधानसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया