काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पूर्ण ध्यान कोरोना रोकथाम तथा नियन्त्रणमा हुने बताएका छन् ।
शुक्रवार स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएसँगै आफ्नो सम्पूर्ण ध्यान कोरोना रोकथाम तथा नियन्त्रणमा हुने लोकपथलाई जानकारी दिए ।
पद तथा गोपनियताको सपथ ग्रहणका लागि राष्ट्रपति भवन शीतलनिवास पुगेका मन्त्री तामाङले चुनौतीपूर्ण अवस्थामा आफू मन्त्री भएको र कोरोना रोकथामका लागि पूर्ण रुपमा लाग्ने लोकपथलाई बताए ।
‘चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी पाएको छु । एक, दुई, तीन सबै प्राथमिकता कोरोना रोकथाम तथा नियन्त्रणमा हुन्छ ।’ उनले लोकपथसँग भने ।
यसअघि कानूनमन्त्री रहेका तामाङले सामान्य विवादपछि राजीनामा दिएका थिए ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । ओलीले आफूसँग ७ मन्त्रालयको जिम्मेवारी राख्दै जसपाबाट राज्यमन्त्रीसहित १० जनालाई मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया