थपिएका मन्त्रीहरुको सपथ ग्रहण राति ८ बजे

लोकपथ
259
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

जनता समाजवादी पार्टी र एमालेबाट नियुक्त भएका मन्त्रीहरुले आज राती ८ बजे पद तथा गोपनियताको सपथ लिनेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले थपिएका मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराउनेछिन् ।

प्रधानमन्त्री ओली नेतृत्वको अल्पमतको सरकारमा जसपाका ८ मन्त्रीहरु र २ राज्यमन्त्री सहभागी भएका छन् । भने एमालेका चार जना बाहेक अन्य सबैलाई हटाएका छन् ।

जसपाभित्रको आन्तरिक विवाद चुलिएका बेला अध्यक्ष महन्थ ठाकुर पक्ष भने सरकारमा सामेल भएको छ । यससँगै अब जसपा पूर्णरुपमा फुट्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?