काठमाडौं । पार्टीले सांसदसहित सबै पदबाट हटाएपछि गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्नका लागि माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् ।
आफूले पार्टीको ह्वीप नमानेको भन्दै बिना आधार आफूलाई पार्टीले कारबाही गरेको भन्दै त्यसको विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।
गण्डकी प्रदेश सरकारविरुद्ध हस्ताक्षर गर्नका लागि पार्टीले दिएको निर्देशन नमानेको भन्दै जनामोर्चाले उनलाई सबै पदबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।
संसद सचिवालयमा पठाएको पत्रलाई कार्यान्वयन गर्दै बिहीवार सभामुख नेत्रनाथ अधिकारीले उनलाई पार्टी र सरकारको कुनै जिम्मेवारीमा नरहेको जानकारी गराएका थिए । आज सर्वोच्चमा रिट दायर गर्दै आफ्नो सांसद पद यथास्थितीमा राख्ने समेत माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया