विवादकाबीच महन्थ पक्ष आजै सरकारमा जाने, को-को बन्दैछन् मन्त्री ?

लोकपथ
329
Shares
फाइल तस्बिर

काठमाडौं –जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुर समूहबाट मन्त्री बन्ने व्यक्तिहरुको अन्तिम नाम टुंगो लागेको छ ।

पार्टीभित्र विवाद रहेकै बेला ठाकुर पक्ष सरकारमा सहभागि बन्न लागेको हो । प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने विवाद बढ्दै जाँदा जसपा अब कानूनी रुपमा मात्रै फुट्न बाँकी छ । व्यवहारिक रुपमा भने फुटिसकेको छ । ठाकुर पक्ष प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने लाइनमा अडिग छ भने अर्का अध्यक्ष उपेन्द्र यादव समूह भने प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेका भन्दै ओलीको विपक्षमा छ । मन्त्रीका लागि पार्टी फुटाएको आरोप ठाकुरलाई लगाइएको छ । यसमा प्रधानमन्त्री ओलीको पनि साथ रहेको यादव पक्षको आरोप छ ।

विवादकाबीच मै सरकारमा

जसपा भित्रको आन्तरिक कलह उत्कर्षमा पुगेकै बेला ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको हो । अध्यक्षद्वय ठाकुर र यादवले एक अर्कालाई पार्टीबाट निष्काशन गरेका छन् । यो विवाद निर्वाचन आयोगमा पुगेर आयोगले ठाकुरलाई यादवलाई कारवाही गरिएको विषयमा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर सहित कागजाज पेश गर्न भनेको छ । यादवले भने बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर सहित ठाकुरलाई कारवाही गरेको पत्र आयोगमा बुझाएकाले हस्ताक्षरको विषयमा भनेको छैन । तर दुवै पक्षलाई आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा कागजात पेस गर्न पत्र काटेको छ । दलको विवरण हेरफेर गर्नुपर्ने भएमा उक्त ढाँचाअनुसार निर्वाचन आयोगमा लेखि पठाउनुपर्ने व्यवस्था अनुसूची १८ मा छ । यादव पक्षले ढाँचा अनुसार बिहीवार पत्र आयोगमा बुझाइसकेको बताएको छ । ठाकुरले पक्षले भने बुझाएको छैन् ।

बहुमत पुर्‍याउने कसरतमा ठाकुर पक्ष

निर्वाचन आयोगले उपेन्द्र यादवलाई कारवाही गरिएको विषयमा ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी समितका सदस्यहरुको हस्ताक्षर पेश गर्न भनेपछि ठाकुर पक्ष बहुमत जुटाउन लागि परेका छन् । ठाकुर पक्षले बहुमत जुटाएको खण्डमा यादव कारवाहीमा पर्छन । तर यादवले यस अघि नै बहुमत जुटाएर ठाकुर पार्टी हित विरित चलेका भन्दै कार्यकारिणी समितिको बहुमतले पार्टीबाट निष्काशन गरेको निर्णय आयोगमा बुझाइसकेका छन् । तर जसपा ठाकुर पक्षका एक नेता अव र्काकारिणाी समितिमा आफूहरुको बहुमत पुगेको र यादव कारवाहीमा पर्ने दावी गर्छन् । उनी भन्छन जसरी पनि हामी बहुमत पुर्याउँछौ । ठाकुर पक्षले आफ्नो समूहमा बहुमत पुर्याउन पार्टी भित्र र बाहिर पनि कसलाई भन्दा हुन्छ नेताहरुलाई मनाउन प्रयास गरिरहेको ती नेताको भनाई छ ।

आजै सरकारमा जाने

ठाकुर पक्षका एक नेताहका अनुसार ठाकुर र नेता राजेन्द्र महतोले आज १ बजे प्रधानमनत्री ओलीलाई भेट्दै छन् । प्रधानमन्त्री ओलीलाई भेटेर सरकारमा जाने निर्णय भएपछि दिउँसो साँढे २ बजे ठाकुर पक्षका नेताहरुको बैठक बस्नेछ र मन्त्री बन्ने हरुको सूचि तयार पार्नेछ । त्यो सूचि प्रधानमन्त्रीकहाँ पठाएपछि ठाकुर पक्ष सरकारमा आजै सहभागी बन्नेछ ।

को-को बन्दै छन त मन्त्री ?

स्रोतका अनुसार जसपाबाट मन्त्रीका लागि राजेन्द्र महतो,शरतसिंह भण्डारी,अनिल झा,उमाशंकर अरगरिया,विमल श्रीवास्तव, एकवाल मिया र रेनुका गुरुङको नाम भने पक्का भइसकेको छ । मन्त्रीमा सहभागी हुने अरु ब्यक्ति र मन्त्रालयको विषयमा साँढे २ बजे बस्ने ठाकुर पक्षको बैठकले टुंगो लगाउने छ । जसपाले मन्त्री र राज्यमन्त्री गरेर १० जनालाई सरकारमा पठाउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?