सकियो नेपाल पक्षको बैठक, के भयो छलफल ?

लोकपथ
210
Shares

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सकिएको छ ।

आजको बैठकमा वर्तमान राजनीतिक घटनाका विषयमा छलफल भएको छ ।

भर्चुअल माध्यमबाट भएको बैठकमा नेपाल पक्षका नेताहरुले आफूहरु पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।

बैठकमा नेपाल पक्षका नेताहरु झलनाथ खनाल, नेता नेपाल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका थिए । पार्टी विवाद समाधानका लागि ओली पक्षसँग वार्ता गरिरहेका नेताहरुले भइरहेको प्रयासबारे छलफल गरेका थिए ।

त्यस्तै आफूले पार्टी एकता जोगाउनका लागि गरेको प्रयासलाई बालुवाटारको प्रतिक्रिया कस्तो रहन्छ भन्ने कुराको प्रतिक्षामा रहेको नेता पाण्डेले बताएका छन् । ‘हामी पार्टी एकता जोगाउन इमान्दार प्रयास गरिरहेका छौँ । अब हेरौँ बालुवाटारले कसरी लिन्छ ।‘ उनले भने ।

त्यस्तै बैठकका क्रममा नेता झलनाथ खनालले ओली पक्षले पार्टीको एजेण्डासँग बाझिने काम गरेका कारण अहिलेको अवस्था देखा परेको आरोप लगाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?