खनाल – नेपाल समूहले बोलायो बैठक

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बैठक बोलाएको छ ।

पार्टीको स्थायी कमिटी सदस्यहरु र केन्द्रीय कमिटी सदस्यहरुको बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको हो ।

बैठक भर्चुअल माध्यमबाट गरिने बताइएको छ ।

नेकपा(एमाले)का १२ जना नेतालाई स्पष्टिकरण सोधिएको छ । संस्थापन पक्षले स्पष्टिकरण सोधिएका नेताहरुलाई कारबाही गर्ने आशंकाका बाबजुद एकताको लागि भन्दै दोस्रो तहका नेताहरु वार्तामा सक्रिय पनि भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?