सरकारलाई कांग्रेसले भन्यो- ‘तराई मधेसलाई मरुभूमी बनाउने षड्यन्त्र बन्द गर’

लोकपथ
315
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले चुरे दोहन गरेर तराई मधेसलाई मरुभूमित बनाउन लागेको आरोप लगाएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा ढुंगा, गिट्टी बालुवा लगायतका नदिजन्य वस्तुहरुको व्यापारबाट घाटा न्यूनिकरण गर्ने नीति लिएको छ ।

त्यसको विरोध गर्दै कांग्रेसले त्यसबाट तराई-मधेस क्षेत्र भविष्यमा मरुभूमिकरण हुने भन्दै त्यसलाई रोक्न माग गरेको छ ।

‘विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा, उत्खनन गरिँदै त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भूक्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विष्लेषण गरिएका हुन् । विगतको गल्तीलाई सच्याएर अघि बढ्न निश्चित गरिएका नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ती होइन, प्रकृति विरुद्धको अपराध देशको तराई मधेस क्षेत्रलाई भविष्यमा मरुभूमीकरण गर्ने गम्भीर षड्यन्त्र हो ।’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला नेतृत्वको सरकारले ‘राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समिति‘ गठन गरेर चुरे क्षेत्रको संरक्षण गर्न मापदण्ड घोषणा गरेको थियो । जसबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् र निकासीमा रोक लगाइएको थियो । तर उक्त नीति र निर्णयलाई विस्थापित गर्दै ‘व्यापार घाटा न्यूनिकरण गर्न‘ भन्ने नाराको कार्यक्रमले ‘खरानीको व्यापार गर्न घर जलाए जस्तो‘ मात्रै भएको बताएको छ ।

सभापति देउवाले हचुवाको भरमा बजेटमार्फत नीतिगत निर्णयले राष्ट्रलाई घात गर्ने भन्दै त्यसलाई फिर्ता लिनको लागि समेत आग्रह गरेका छन् ।

‘नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला नेतृत्वमा रहेको सरकारले ‘राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समिति‘ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे विकास समिति मार्फत् विभिन्न मापदण्ड निर्धारण गरेको थियो । ढुंगा, गिट्टी, बालुवा उत्खनन् र निकासीमा रोक लगाइएको थियो । सो नीति र निर्णयलाई विस्थापित गर्दै ‘व्यापार घाटा न्यूनिकरण गर्न‘ भन्ने नारा दिएर ढुंगा, गिट्टी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको व्यापार गर्न घर जलाए जस्तो‘ मात्रै हो । निश्चयनै देशले वर्षौदेखि व्यापार घाटा व्यहोरिरहेको छ भने न्यसलाई न्यूनिकरण गर्न या सन्तुलन ल्याउन तराई-मधेस र समग्र देशलाई नै दीर्घकालिन असर पार्ने किसिमको कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन ।’ सपभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ‘,अतः नेपाली कांग्रेस ढुंगा, गिट्टी बालुवा निकासी गर्नेगरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्ट्राचार गर्दै ल्याइउको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?