‘सरकार आफ्नो कुर्सी बचाउने र तराईलाई मरुभूमीकरण गर्ने खेलमा लाग्यो’

लोकपथ
84
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ‘नेपालको ढुंगा, गिट्टी बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने‘ भन्दै तराईलाई मरुभूमिकरण गर्न लागेको आरोप लगाएका छन् ।

बुधवार ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले उक्त निर्णयले सरकारले कुर्सी बचाउने र तराईलाई मरुभूमीकरण गर्ने निर्णय खारेज गर्न माग गरेको छन् ।

ट्वीट गर्दै उनले भने- ‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन बिरोधी निर्णय तुरुन्त खारेज गरियोस्।’

सरकारले बजेट सार्वजनिक गर्ने क्रममा नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार गर्ने निर्णयको विरोध भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?