काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) अध्यक्षद्वयले एक अर्को पक्षलाई गरेको कारवाहीको दाबी नपुगेको जनाएको छ ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई कारवाहीको लागि आयोगमा पत्र पठाएका थिए । तर आज आयोगले दुवैको दाबी नपुगेको भन्दै दुवैलाई छुट्टै पत्र पठाएको छ ।
साथै दुवै पक्षलाई राजनीतिक दलसम्बन्धी ढाँचाको अनुसुची १८ बमोजिम विवरण पेश गर्न आग्रह गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले लोकपथलाई जानकारी दिए ।
त्यस्तै महन्थ पक्षसँग भने केन्द्रीय समितिको पदाधिकारीको हस्ताक्षरसमेत माग गरिएको बताए ।
‘दुवैको पत्र अध्ययन गर्दा कारवाहीको लागि दावी दुवै पक्षको पुगेको देखिएन । आयोगले दुवै पक्षसँग राजनीतिक दलसम्बन्धी अनुसुची १८ को ढाँचा बमोजिमको विवरण माग गर्दै छुट्टा(छुट्टै पत्र पठाइएको छ । भने महन्थ ठाकुर पक्षलाई भने केन्द्रीय समितिको निर्णय अनुसार पदाधिकारीहरुको हस्ताक्षर समेत पेश गर्न भनिएको छ ।’ प्रवक्ता श्रेष्ठले लोकपथसँग भने ।
दुवै पक्षले पार्टी विधान विपरित काम गरेको भन्दै एक अर्कालाई कारवाही गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया