काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । आज बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लम्ब्याउने विषयमा छलफल गरेका छन् ।
तर त्यस विषयमा अन्तिम निर्णय भने नभइसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडियो) कालीप्रसाद पराजुलीले लोकपथलाई जानकारी दिए ।
‘आज निषेधाज्ञाको विषयमा छलफल भएको हो । तर त्यसबारे अन्तिम निर्णय गर्नका लागि भोलि बैठक बोलाएका छौँ ।’ उनले लोकपथसँग भने ।
गत जेठ १४ गतेबाट कडा बनाइएको निषेधाज्ञाको समयावधी जेठ २० गतेबाट सकिँदैछ । कोरोना संक्रमणको दर केहि घटेको भन्दै प्रशासनले केहि खुकुलो बनाउन लागेको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया