एक सातापछि नेपालीको शव आफन्तलाई बुझाइए

काठमाडौं, ६ चैत – यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका नेपालीको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ। ज्यान गुमाएका २२ जना नेपालीको शव सहजै पहिचान गरी सनाखत भए पनि तीन जना बंगलादेशीको भने डीएनए परीक्षण गर्नुपर्ने सम्भावना रहेको पोस्टमार्टममा संलग्न चिकित्सकले बताएका छन्।त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागका विभागीय प्रमुख डा. प्रमोदकुमार श्रेष्ठले तीन जना बंगलादेशीको पनि थप जानकारी पाए डीएनए (डिअक्सिराइबोन्युक्लिक एसिड ) परीक्षण गर्नु नपर्ने बताए। उनले भने, ‘तीन जना बंगलादेशीको सनाखतमा समस्या भएको छ।’ सनाखत नभएका तीन जनामा दुई पुरुष र एक महिला छन्।फागुन २८ गते भएको उक्त विमान दुर्घटनामा २६ जना बंगलादेशीको निधन भएको थियो। जसमध्ये सनाखत भएका २३ जनाको बंगलादेशको सैनिक विमानबाट राजधानी ढाका लगिएको छ। उनीहरूका आफन्तले भाइबरबाट समेत आवश्यक जानकारी पठाएका कारण पहिचान गरी सनाखत गर्न सहज भएको फरेन्सिक मेडिसिन विभागका भिजिटिङ प्रोफेसर डा. हरिहर वस्तीले जानकारी दिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?