नागरिकता अध्यादेश बारे पुर्नविचार गर्न राप्रपाको आग्रह

लोकपथ
140
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश बारे पुर्नविचार गर्न सरकारसँग माग गरेको छ ।

आज राप्रपाका तिन अध्यक्ष पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त वक्तव्य निकाली नागरिकता जस्तो अत्यन्त संवेदनशील विषयमा राष्ट्रिय सहमति बिना सत्ता स्वार्थका लागि सरकारले अध्यादेश जारी गरेको भन्दै राप्रपाको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

नागरिकता विधेयकलाई अध्यादेशको रुपमा जारी गर्नु सरकारको बदनीयतपूर्ण कार्य भएको राप्रपाको ठहर छ । अध्यादेश विधि, प्रक्रिया मिचेर तथा सत्ताको सौदाबाजीका निम्ति राष्ट्रिय हित विपरित प्रावधान राखेर जारी भएको भन्दै यस बारे पुर्नविचार सरकार सँग आग्रह गरिएको छ ।

राप्रपाले तराई, मधेस लगायत देशको विभिन्न भागहरुमा रहेको नागरिकता सम्बन्धि समस्याको राष्ट्रिय हित अनुकुल सर्वपक्षीय सहमतिको आधारमा समाधान खोज्नुपर्ने पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?