काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका छन् ।
अध्यक्ष ठाकुरले यादवलाई मंगलबार ७ बुँदे स्पष्टीकरण सोध्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा किन र कुन कारणले हस्ताक्षर गर्नुभयो भनि प्रश्न गरेका छन् । त्यस्तै उनले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठन बन्धनको रिटमा हस्ताक्षर गरेको भन्दै हस्ताक्षर गर्नुका कारण पनि सोधेका छन् ।
अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई पार्टी एकता भएदेखि नै समायोजनमा रुची नलिई विभिन्न जिल्लाहरुमा पार्टी एकता विरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधिहरु सञ्चालन गरेको तथा आफ्नो जानकारी बिना अनधिकृत रुपमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गर्नुका कारण पनि सोधेका छन् ।
उनले ३ दिन भित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन अनुरोध गरेका छन् ।
यस्तो छ महन्थ ठाकुरले उपेन्द्र यादवलाई सोधेको स्पष्टीकरण :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया