भीम रावलको त्यो ट्वीट : ‘डिलिट’ हुनेबित्तिकै सूर्य थापाले गरे यस्तो कटाक्ष

लोकपथ
2k
Shares

काठमाडौं – नेकपा (एमाले) का पूर्व नेता भीम रावलले वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागेको भन्दै गरेको ट्वीटको सर्वत्र आलोचना भएपछि सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट भएको ट्वीट हटाएसँगै प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले रावलको दुनियाँ भड्काउने कोसिश धेरै टिक्न नपाएको भन्दै कटाक्ष गरेका छन् ।

नाका बन्द रहेको अवस्थामा कसरी भारतीय नेपाल आए ? स्थानीय प्रशासन समेत बन्द रहेको अवस्थामा यस्तो अफवाह फैलाउने भन्दै प्रश्न प्रतिप्रश्न ओईरिएपछि र सामाजिक सञ्जालमा भ्रम फिजाउने काम गरेको भन्दै चर्को आलोचना भएपछि नेता रावलले उक्त ट्वीट हटाएर अर्को एक ट्वीट गरेका थिए ।

यसपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले रावलको झूठ प्रचारबाजी धेरै टिक्न नपाएको बताएका हुन् ।

थापाले ट्वीटरमा लेखेका छन्, ‘भीम रावल पिएचडीको झूठ प्रचारबाजी र दुनियाँ भड्काउने कोसिश धेरै टिक्न पाएन यिनले राष्ट्रवादी कहलिन कतिसम्म गर्छन् भन्ने स्पष्ट नै छ । अझ सरकारले जवाफ देओस भन्ने यिनले कहिले लेखेका रहेछन् ?  नक्कली अभिनय र भ्रमको पर्दा यसरी स्वत: च्यातिँदै छ। गोयवल्स सिद्धान्तको अभ्यास !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?